ट्रेण्डिङ

होमपेज / समाज

बनगाडमा कानुनी सचेतना तालिम सम्पन्न 

  इन्द्र बुढाथोकी २०७७ आश्विन १८ गते आइतबार १९:३८:३० मा प्रकाशित

इन्द्र बुढाथोकी  असोज १८ 

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा तीन दिने कानुनी सचेतना सम्बन्धी तालिम सम्पन्न भएको छ ।

बनगाड कुपिण्डे नगरपालिकामा सीमान्तकृत समुदायको न्यायमा पहुँचका लागि न्यायिक समिति तथा सीमान्तकृत समुदायका जनप्रतिनिधिलाई तीन दिने कानुनी सचेतना तालिम सम्पन्न भएको हो । संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना युएन डिपि र ग्रामीण महिला उत्थान केन्द्र र दलित सेवा सङ्घ सल्यानको साझेदारीमा आइतबार कार्यक्रम सम्पन्न भएको हो । 

३ दिन सम्म सञ्चालन भएको तालिममा सरकारी वकिल कार्यालयका  वकिल भीमसेन काफ्ले, नेपाल बार एसोसिएसन केन्द्रीय पार्षद् सिपी ओली र नेपाल वार एसोसिएसन सल्यानका अध्यक्ष लालबहादुर रावतले  स्थानीय तहमा न्यायिक निरूपणका विषयमा प्रशिक्षण दिएका थिए । न्याय सम्बन्धी प्रशिक्षणमा बालविवाह, बहुविवाह, कुटपिट झैझगडा, लेनदेन, बोक्सी आरोप, महिला हिंसा, सम्बन्ध विच्छेद, विवाह दर्ता, जन्म दर्ता, मृत्यु दर्ता, मेलमिलाप र मिलापत्रका विषयमा न्यायिक समिति तथा सीमान्तकृत जनप्रतिनिधिलाई उक्त तालिम दिएको हो ।

तालिममा न्यायिक समितिलाई कामकाजमा सहज कानुन सम्बन्धी नबुझेको कुरा थप प्रस्ट भएको सहभागीहरू बताए । समस्या समाधान गर्न ज्ञान, सीप र कानुनका निम्ति सहज हुने न्याय समिति सदस्य तथा ४ न वडा अध्यक्ष मोमत रोकाले बताए । कानुनका कुरामा धेरै बुझे पनि के गर्ने के नगर्ने भन्ने विषयमा परिबन्धमा परिएकोमा यस तालिममा बाट मुद्दा हेर्न तथा मेलमिलाप गर्न केही सहज भएको उप प्रमुख तथा न्याय समिति संयोजक मञ्जु यरिले बताइन ।

आउँदा दिनमा न्यायका लागि नगरपालिकाको तर्फबाट तालीमको आयोजना समेत गरिने उनको भनाई छ  । नगरपालिकामा आएर तालिम दिनु भएकोमा  संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना युएनडिपीको सहयोग र ग्रामीण महिला उत्थान केन्द्र दलित विकास सल्यान धन्यवाद दिइन , 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top