होमपेज / समाज
इन्द्र बुढाथोकी १६ असोज ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा रहेका अपाङ्गहरूलाई अपाङ्ग मैत्री सामाग्री हस्तान्तरण गरिएको छ ।
रेरी बाँकेले आज एक कार्यक्रमको आयोजना गरी उक्त सामाग्री हस्तान्तरण गरेको हो । हुइल चेयर १० वटा, बैसाखी २० सेट र स्टिल १० वटा गरी २ लाख बराबरको अपाङ्ग मैत्री सामाग्री संस्थाले सहयोग गरेको छ ।
सामाग्री सहयोग कार्यक्रममा बोल्दै बनगाड कुपिण्डे नगरपालिका उप प्रमुख मन्जु यरिले अपाङ्गहरूलाई सबैले सम्मान गर्नु पर्ने र नगरपालिकाको तर्फबाट अपाङ्ग मैत्री बजेको व्यवस्थापन गर्ने र अपाङ्गलाई सीप सिकाउनको लागि आफूले सक्दो सहयोग गर्ने बताइन । नगरपालिका अहिले अपाङ्ग जम्मा १ सय ५० भन्दा बढी रहेको र अहिले परिचयपत्र वितरणको काम गरिरहेको समेत बताइन ।उहाँहरुले सक्दो आवश्यकता अनुसारको सिपको व्यवस्थापन गर्ने बताइन।
रेरि बाँकेका अध्यक्ष पुनित बिक्रम शाहले अपाङ्गको लागि बनगाड कुपिण्डे नगरपालिकामा आफूहरूले २ वर्ष सम्म काम गर्ने र ८० जना अपाङ्गलाई सीप सिकाएर रोजगारमा लगाउने उद्देश्य रहेको अध्यक्ष शाहले बताए । अपाङ्ग राष्ट्रिय महासङ्घ केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र खड्काले अपाङ्ग विषयमा प्रस्ट पार्दै अपाङ्गको लागि केन्द्रले गरेका कामको बारेमा जानकारी गराएकी थिइन ।
अपाङ्गहरुको लागि क्षमता अनुसारको सीप सिकाउनु पर्नेमा जोड दिनु दिइन । महिला तथा बालबालिका शाखा बनगाड कुपिन्डे नगरपालिका लक्ष्मी शाहिले रेरी बाँकेका सल्लाहकार धनानाथ खनाल, सुर्खेतका अपाङ्ग सिम्ताका अध्यक्ष योगेन्द्र शाही लगाएतले बोलेका थिए। अधिकासले राज्य अपाङ्गको लागि कार्ड भन्दा क्षमता अनुसारको सिपको व्यवस्था गर्दिन माग गरेका थिए ।





.jpg)