ट्रेण्डिङ

होमपेज / समाज

सल्लीबाजरमा करेन्ट लागेर एक घाइते

  इन्द्र बुढाथोकी २०७७ आश्विन १४ गते बुधबार १२:२०:३६ मा प्रकाशित

इन्द्र बुढाथोकी सल्यान, १४ असोज ।
 सल्यान बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजारमा करेन्ट लागेर एक जना घाइते भएका छन् ।

सल्लीबजारमा  घर ढलान गर्ने क्रममा  अन्दाजी ४५ वर्षका प्रदीप गिरीलाई करेन्ट लागेको हो ।   करेन्ट लागेर गम्भीर घाइते गिरीलाई उपचारका लागि नेपालगञ्ज पठाएको छ ।

सल्लीवजारमा ११ केभी प्रसारण लाइन विस्तारै भए सङ्गै दैनिक करेन्टका लाग्ने घटनाहरु बढिरहेका छन । बजारमा बनाएका घरहरूको छतमाथी बाट लाइन परेकोले दैनिक दिन विधुतिय करेन्टको सिकार स्थानीय बासी परेका छन ।  सामान्य कामकाज गर्दासमेत झुकिएर करेन्ट लाग्न थालेको छ । 

उक्त क्षेत्रमा अहिले सम्म ४ जनालाई करेन्ट लागि सकेको छ । घरायसी काम गर्दा समेत करेन्ट लागेको छ । अहिले अधिकाशं छाडारुपमा कुवा बाट विद्युतिय लाइन बाट घरमा पानी ल्याउने गरेकाले पनि  जोखिम बढिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top