होमपेज / समाज
सरिता चलाउने असोज १२, सल्यान
सल्यानमा सूचनाको हक कार्यान्वयनको अवस्था प्रभावकारी बन्न नसकेको पाइएको छ । संविधानमा उल्लेख भएअनुसार हरेक नागरीकले सुचना माग्ने र पाउने अधिकारको व्यवस्था भएपनि पनि सचेतनाको कमिले सूचनाको अवस्थामा प्रभावकारी बन्न सकेको छैन ।
कुनै पनि सार्वजनिक सेवा प्रवाह गर्ने निकायले २० प्रकारका सूचना प्रत्येक तीन महिनामा सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको भए पनि त्यसो हुन नसकेको जिल्ला हुलाक कार्यालय सल्यानका हुलाक अधिकृत धिरेन्द्र भण्डारीले बताए ।
सरकारी कार्यालय तथा स्थानीय तहमा सूचना लिने र दिने अभ्यास प्रभावकारी रुपमा कार्यान्वयन नभएको उनको भनाई छ । प्रदेश सरकार र स्थानीय सरकारले ल्याएका नीति तथा कार्यक्रम, आफ्नो वडाका विकास निर्माण, कार्यालयको नियमित कामकाजहरू ग्रामीण स्तरका विपन्न तथा दलित नागरिकहरू सामु पुग्न नसकेको भण्डारीले बताए । उनले भने सूचना दिने र लिनेको दुबैमा प्रभावकारी समन्वय छैन, सूचना माग्नले पनि अधिकार प्रयोग गरेर माग्नु प¥यो,सूचना दिनेले पनि दिने मिल्ने सुचना सहज रूपले दिनु प¥यो ।
दलित तथा विपन्न वगर्का समुदायहरूमा कस्ता कार्यक्रम आएका हुन्छन् सुचना पाउन नसकेकाले नागरिकहरूको सहज पहुँचका लागी सुलाई प्रभावकारी बनाउन हुलाक अधिकृत भण्डारीले आग्रह गरे ।
स्थानीय तहमा सूचना लिन र दिन सूचना अधिकारीको व्यवस्था भएपनि सूचना लिने र दिने परम्परा भने विकसित हुन नसकेको र नागरीकले सहजै सूचना पाउन नसकेको नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतीक इच्छुक शर्माको भनाई छ ।
ग्रामीण क्षेत्रमा रहने कार्यालयहरूमा गाउँका जान्ने बुझ्ने तथा गाउँका सम्बन्धमा केही चासो राख्नेहरूले मात्र विभिन्न कार्यालयमा पुगेर सेवा प्रवाहको बारेमा जानकारी लिने गरेको भए पनि साधारण नागरिकहरूले भने सूचनामा कुनै सम्बन्ध नै नराख्ने गरेको उनले बताए । सूचनामा जनताको पहुँच स्थापित गर्नको लागी राज्यले नै सशक्तीकरणका कार्यक्रम ल्याउने र सरकारी निकायले स्वतः प्रकाशन गर्नुपर्ने सूचनाहरू समयमै सार्वजनिक गर्नुपर्ने शर्माले बताए । इन्टरनेटको माध्यमबाट सूचना हेर्न जानेका केहीले बाहेक अरूले सूचना खोजीमा खासै चासो नदिएकाले ग्रामीण स्तरका नागरिकहरू सामु सञ्चार माध्यमाको प्रयोग गरेर पनि सूचना पु¥याउन सकिने अध्यक्ष शर्माले बताए ।
सल्यानमा तीन नगरपालिका र सात गाउँपालिका गरी दश स्थानीय तह छन् । सबै तहमा सूचना अधिकारी छन् भने केहीमा सूचना प्रविधि अधिकृत र प्रेस सल्लाहकार छन् । स्थानीय तहमा व्यवस्था भए अनुसार सूचनाहरू सार्वजनिक रुपमा सर्वसाधारण जनताको माझमा जान नसकेको सिद्धकुमाख गाउँपालिका २ का वीर बहादुर बोहराले बताए । केही विकास निर्माणका कार्यहरू कृषि, पशुपालन लगायका बिभिन्न सिपमुलक कार्यक्रमहरु हुँदा सुचना निकाले वा सञ्चार माध्याम प्रशारण गरेपछि नागरिकले थाहा पाउने उनको भनाई छ ।





.jpg)