होमपेज / समाज
फागुन ४, सल्यान ।
सल्यानमा बनाउदै गरेको घर भत्किदा ५ जना मजदुर गम्भिर घाईते भएका छन । जिल्लाको छत्रेश्वरी गाउँपालीका वडा नम्बर २ दहखोलामा स्थानीय बिर बहादुर बिकको बनाउदै गरेको घर भत्किदा ५ जना मजदुर गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ । घाईते हुनेमा ३१ बर्षिय भुमा खडका, २८ बर्षिय रिता बिक, ३२ बर्षिया रेउती बिक, ३५ बर्षिया कबिता बस्नेत र ७४ बर्षिय गोपाल खडका गम्भिर घाईते भएको प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुभएको छ ।
आईबार दिउसो ३ बजे ढलान गर्ने क्रममा माटोको दुई तले घर भत्किदा उनिहरु चारै जना पुरिएका थिए । पुरिएकाको स्थानीयद्धारा उद्धार गरीएको थियो । घाईतेहको जिल्ला अस्पताल सल्यानमा उपचार भैरहेको उहाँले बताउनु भयो ।
घर भत्किदा त्यहा वर पर रहेका अन्य ६ जना सामान्य घाईते भएको र उनिहरुलाई प्राथामिक उपचार पछि घर फर्किएको प्रहरी प्रमुख खतिवडाले बताउनु भयो ।





.jpg)