ट्रेण्डिङ

होमपेज / समाज

क्यान्सर पीडित १२ वर्षीय रानाको उपचारमा सहयोगको याचना

  इन्द्र बुढाथोकी २०७७ आश्विन १० गते शनिबार १३:४८:३२ मा प्रकाशित

इन्द्र बुढाथोकी असोज १०, सल्यान 

खुट्टाको क्यान्सरबाट पीडित सल्यानको बनगाड कुपिण्डे नगरपालिका ३ कारागाउँका १२ वर्षीय विष्णु रानालाई उपचारका लागि आर्थिक सहयोग गर्न परिवारले अपिल गरेका छन् ।

 आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै रानाको परिवारले सहयोगको माग गरेको हो । 

आर्थिक अभावकै कारण उनी विगत चार महिनादेखि घरको ओछ्यानमै थला  परेका छन् । आमा पिमली रानाले भनिन अगाडि ४ बहिनी छोरीको जन्म भयो अन्तिममा एउटा छोरो जन्मेको थियो त्यही छोरो पनि यस्तो बिरामी भयो छोरालाई उपचार गर्ने पैसा छैन भएको पैसा पनि छोरालाई उपचार गर्नेमै सकिसकेको छ ।

यही असारको महिना खुट्टा दुख्यो भने पछि सुर्खेतको मेहलकुना अस्पतालमा उपचार क्यान्सर भएको थाहा भएन औषधी फर्कियौँ   तर औषधि खाएको २ दिन देखि नै बायाँ घुँडा सुनियो पछि सुर्खेत माया हस्पिटल, नेपालगन्ज पस्टन हस्पिटल र वैभव टन्डनका उपचारको लागि लगियो तर उक्त तीन वटा अस्पताल हड्डीको क्यान्सर भएको थाहा भयो आमा पिमलीले बताइन  ।  

लकडाउनका कारण अहिले कतै पनि काम नपाएको उनको भनाई छ । उनले भनिन लकडाउनका कारण चितवन लगेर पनि उपचार नगरेरै फरकाइयो अहिले घरको काम गर्नु भन्दा छोराका स्याहार सुसारमा समय जान्छ एक्लै छाड्न मिल्दैन  । 

कतैबाट सानो सहयोग मिलेमा छोरालाई उपचार गर्न लग्ने उनले उनको भनाई छ  । छोरोको उपचारका लागि हालसम्म ४ लाख सम्म खर्च भैसकेको बुबा आइते रानाले बताए । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top