होमपेज / समाज
शारदा नगरपालीका जिल्लाकै पहिलो बालविवाह मुक्त उन्मुख नगरपालीका घोषण ।
फाुन ४, सल्यान ।
सल्यानको शारदा नगरपालीकालाई जिल्ला कै पहिलो बालविवाह मुक्त उन्मुख नगरपालीका घोषण गरिएको छ । बालविवाह न्युनिकररणमा कमी आएपछि नगरपालीकालाई एक कार्यक्रमको आयोजना गरी बालविवाह मुक्त उन्मुख नगरपालीका घोषण गरिएको हो ।
समुदाय प्रहरी साझेदारी अन्र्तगत जिल्ला प्रहरी कार्यलय सल्यान र शारदा नगरपालीकाको सक्रियतामा संचालन गरेको अभियानमा बालविवाहको अवस्थामा सुधार आए पछि नगरपालीकालाई नै जिल्ला कै पहिलो बालविवाह मुक्त उन्मुख नगरपालीका घोषण गरिएको शारदा नगरपालीका सल्यानले जनाएको छ ।
करिब ३४ हजार जनसंख्या भएको नरपालीकामा बालविवाह न्युनिकरणको अभियान चलाए यता २० वर्षमुनिका कुनै पनि बालबालिकाको विवाह नभएको र अब उपरान्त यसलाई निरन्तरता दिने भनी प्रहरी, स्थानीयवासी जनप्रतिनिधि र सरोकारवालाहरुले प्रतिबद्धता जनाएर यस नगरपालीकालाई बालविवाह मुक्त उन्मुख नगरपालीका घोषण गरिएको नगरप्रमुख शुरेस अधिकारीले बताउनुभयो ।
नगरपालीका भित्र बालविवाह अत्याधिक हुन थालेपछि जिल्ला प्रहरी कार्यलय सल्यान र नगरपालीकाले ज्योतिष, जैसि तथा छापाखानहरुलाई तालीम र बालविवाहको चिना नहेर्ने र कार्ड नछाप्ने भनी प्रतिबद्धता समेत गराएको थियो । अहिले बालविवाहमा केही सुधार आएपछि र २० वर्षमुनिका कुनै पनि बालबालिकाको विवाह नभएकोले बालविवाह मुक्त नगरपालीका घोषण गरिएको उहाँले बताउनु भयो ।
उहाँले भन्नु भयो, लामो प्रयास पछि बालविवाह मुक्त उन्मुख नगरपालीका घोषण गर्न सफल भएका छौ, यसलाई आगामी दिनमा सबैले आ –आफ्नो ठाउँ बाट यो कानुनी रुपामा दण्डनीय अपराध हो भने सचेतना फैलाउन जरुरी छ, बिद्यालयमा पनि यस बालविवाह सम्बन्धी शिक्षा दिन जरुरी छ,
बालविवाह मुक्त अभियानमा सबै लागेर यसलाई पुर्ण रुपमा न्युनिकरण गर्नमा सहयोग गर्नुपर्ने पर्ने नगरप्रमुख अधिकारीले बताउनु भयो ।
बालविवाह मुक्त उन्मुख नगरपालीका घोषण कार्यक्रममा बौल्दै पुर्ब शिक्षा मन्त्री राजेन्द्र बहादुर शाहले राज्यले व्यवस्था गरेको कानुन बमोजीम समाजलाई खराव आचारण बाट मुक्त गर्नको लागी सबै पक्ष लागी पर्नु पर्ने बताउनु भयो । एउटा कार्यक्रम गर्दैमा सम्पुर्ण समस्याको समाधान नहुने भएकाले उदेश्य बुझेर सबैले प्रतिबद्धता गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नु भयो, समयको परिबर्तन सँगै मानिसको व्यवहार बदल्नु पर्छ, बालविवाहको परिपालन कानुनले मात्र गर्दैन, हामीले पालना गरौ र हाम्रो नैतिकता पनि बुझनु पर्छ,
परम्परागत सोचहरु बदलेर कानुनले बर्जित गरेको कुराहरुलाई पालना गरेपछि मात्र लिएको उदेश्य पुरा हुने शाहले बताउनु भयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यलय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बालविवाहको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । जिल्ला लाइ नै बालविवाह मुक्त बनाउनको लागी अभियान संचालन गरिरहेको उहाँले बताउनु भयो । बालविवाहकै कारणले सम्बन्ध बिच्छेद सँगै बिभिन्न घटना हुने भएकाले अब बालविवाह मुक्त समाज बनाउनु पर्ने उहाँले बताउनु भयो ।
उहाँका अनुसार २०७५÷७६ मा शारदा नगरपालीका भित्र ३ वटा बालविवाह भएका थिए भने १० जनालाई कारवाही गरिएको थियो । २०७६÷७७ मा २ वटा मुद्या दर्ता भएका छन भने ९ जनालाई कारवाही गरिएको प्रहरी प्रमुख खतिवडाले बताउनु भयो ।
उपप्रमुख साबित्रा बस्नेतको स्वागत मन्तब्य रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिव राम पोखरेल, नेपाली कांग्रसका पुर्ब केन्द्रिय सदस्य डिल्लीराज रेग्मी, त्रिबेणी गाउँपालीका अध्यक्ष मान बहादुर डागी, छत्रेश्वरी गाउँपालीका अध्यक्ष सन्तोष केसी, शारदा नगरपालीका वडा नम्बर २ का वडा अध्यक्ष केशब सिंङ श्रेष्ठ, नेकपा नगर कमिटी सचिब यौवन प्रकाश श्रेष्ठ, गैर सरकारी महाँसंघका केन्द्रिय सदस्य दिपेन्द्र प्रकाश डिसि, त्रिज माबि लुहापिङका प्रअ माधब बिक्रम जिसी लगायतका बोल्नु भएको थियो ।
कार्यक्रममा संचालन शारदा नगरपालीकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत लिलाधर बपालले गर्नुभएको थियो ।





.jpg)