ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा सभा, सम्मेलन, जुलुस गर्न निषेध

  सरिता चलाउने २०७७ आश्विन ९ गते शुक्रबार १३:१३:२९ मा प्रकाशित

सरिता चलाउने असोज ९, सल्यान 
जिल्ला प्रशासन कार्यालय सल्यानले जिल्लामा कोभिड १९ को संक्रमण बढ्दै गएको भन्दै सभा, सम्मेलन, भिडभाड, जुलुस, जात्रा, महोत्सव तथा भोजभतेर गर्न गराउन निषेध गरिएको जनाएको छ ।

 कोभिड १९ को संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रणको लागि ९ गते (शुक्रबार) बाट लागु हुने गरी अर्को आदेश नहुँदासम्मको लागि निषेधित कार्य नगर्न नगराउन आग्रह गरिएको छ । 

यस्तै मठ, मन्दिर, मस्जिद, चर्च लगायतका परम्परागत धार्मिक तथा सांस्कृतिक स्थलहरुमा दैनिक नित्य पूजाबाहेक भिडभाडजन्य गतिविधिहरु सञ्चालन नगर्न, शैक्षिक संस्थाहरु गर्न नगर्न साथै शैक्षिक तथा अन्य परीक्षा नगराउन आग्रह गरेको छ । 

यस्तै सबै प्रकारका सभा, गोष्ठी, तालिम, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैलुन, ब्यूटिपार्लर, जिमखाना , हेल्थ क्लव, समूहमा खेलिने खेलकुद र खेल प्रस्तुती, पुस्तकालय, संंग्रहालय सञ्चालन गर्न गराउन निषेध गरिएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए । 
उल्लेखित आदेश विरुद्धका गतिविधिहरु गरे गराएको पाइएमा संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही हुने उनको भनाई छ । 

कोरोना महामारीकै बिचमा जिल्ला राजनीतिक दलहरुले आफ्नो राजनीतिक कार्यक्रम गर्दै आइरहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top