होमपेज / समाज
इन्द्र बुढाथोकी असोज ४, सल्यान
इलाका प्रहरी कार्यालय सल्लीबजारले अवैध घरेलु मदिरा नष्ट गरेको छ ।
बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजार लगायत विभिन्न स्थानबाट संकलन गरेको घरेलु मदिरा प्रहरीले नष्ट गरेको हो ।
प्रहरीका अनुसार ४० लिटर रक्सी, ९० लिटर कच्चा पदार्थ र एक जोर रक्सी बनाउन प्रयोग हुने भाडा नियन्त्रणमा लिइ नष्ट गरेको छ ।
कोरोना भाइरसको जोखिमावस्थामा लागु गरिएको बन्दाबन्दीको समयमा अटेर गरी गाउँ र शहरका भित्रि बजारमा घरेलु मदिराको व्यापार तथा भट्टी सञ्चालन गरि रहेको जानकारी अनुसार मदिरा नष्ट गरिएको इलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ ।
घरेलु मदिरा बिक्री वितरण गर्ने जोकोहीलाई पनि कानुनको दायरामा ल्याई कारवाही गरिने प्रहरीको भनाई छ ।





.jpg)