होमपेज / समाज
इन्द्र बुढाथोकी असोज १, सल्यान
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा महिला, सिमान्तकृत समुदायका पक्षमा बनेका नितिगत प्रावधान असर र समस्या पहिचान विषयक नगर स्तरीय विश्लेषणात्मक कार्यशाला एक दिने गोष्ठी सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै बनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख गोविन्द पुनले कुनै समय न्याय दिनेमा पछि नपर्ने बताए । नेपालको कानुन कतै न कतै बिचल्न तथा केही त्रुटिहरुको र कानूनका व्याख्याताहरुले कानुनलाई आफु अनुकुल न्यायिक निरुपण गर्ने गरेको धारणा राखे ।
कार्यक्रम उपस्थिति महानुभावले न्यायको अस्पष्टता सम्बन्धि कुराहरुमा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख न्याधिबक्ता भिमसेन काफ्लेलाई कानुनी झन्झटिलताका विषयमा सोधेका थिए ।
बनगाड कुपिण्डे नगरपालिकाको न्यायिक निरुपणका जटिलता र कानुनी पाटाका विषयमा कार्यक्रमका न्यायिक समितिकि संयोजक मञ्जु यरिले आइ परेका कठिनाइका बारेमा अनुभव बताइन । जतिसुकै आएका निवेदनहरु सकेसम्म मिलाउने काम भएको छ । अन्यायमा परेका नागरिकलाई न्यायिक प्रत्याभूति दिने काम भएको उनको भनाई थियोे । अधिकास लेनदेन र महिला हिसा सम्बन्धि बिवादित बिषयहरु आउने गरेको बताए ।
ग्रामीण महिला उत्थानका अध्यक्ष सोविता बस्नेतले कार्यक्रमको परिचयका बारेमा प्रष्ट पारेकी थिइन भने सञ्चालन जिल्ला इन्सेका प्रतिनिधि मिना वुढाथोकीले गरेकी थिइन । कार्यक्रम उठेका धारणा कठिनाइका विषयमा जिल्ला न्यायाधिबक्ता काफ्लेले प्रष्टयाएका थिए ।
संस्थागत सुधारमार्फत न्यायमा पहुँच अन्तर्गत परियोजना युएईन डपिको सहयोग र साझेदारी दलित सेवा संघ, ग्रामीण महिला उत्थानको साझेदारीमा आयोजना गरिएको थियोे । प्रमुख प्रशासकीय अधिकृत मोहन खड्का, १ न वडा अध्यक्ष तथा न्यायिक समिति सदस्य शान्त कुमार यरी, नगर स्वास्थ्य शाखा प्रतिनिधि सन्तोशी रावत, महिला तथा बालबालिका शाखाका लक्ष्मी शाही विभिन्न वडाहरुबाट प्रतिनिधित्व गर्ने महिला, सिमान्कृत नागरिकहरुको उपस्थिति रहेको थियोे ।





.jpg)