होमपेज / समाज
माघ २७, सल्यान ।
सल्यानको शारदा नगरपालीकाले आफ्नो कार्यलयमा स्तपान कक्ष स्थापना गरेको छ । कार्यालयमा काम गर्ने सुत्केरी कर्मचारी तथा कामको सिलसिलामा नगरपालीका सम्म पुग्ने सुत्केरीले आफ्नो शिशुलाई सहजरुपमा स्तनपान गराउन सकून् भन्ने उद्देश्यले स्तनपान कक्ष स्थापना गरिएको नगरपालीकाले जनाएको छ । विशेष गरी सुत्केरी र दुई वर्षमुनिका शिशुलाई केन्द्रित गरेर स्तनपान कक्ष स्थापना गरिएको हो ।
नगरपालीकाको कार्यालयको एउटा कोठामा स्तनपान कक्ष स्थापना गरिएको नगरप्रमुख शुरेस अधिकारीले बताउनुभयो । आमाहरुले सार्बजनिका ठाउँमा लजाएर बच्चालाई स्तनपान नगराउदा कुपोषणको सिकार हुने भएकाले समयमै स्तनपान गराउन भन्ने उदेश्यले कार्यलयमा गोप्य स्तनपान कक्षको स्थापना गरेको उहाँले बताउनु भयो ।
कार्यलयमा स्तनपान कक्ष निर्माण सँगै अब साना बच्चा लिएर कार्यलयमा आउने महिला कर्मचारी र सेवाग्राही महिलालाई स्तनपान गराउन सजिलो हुने भएको उहाँले बताउनु भयो ।
उहाँले भन्नु भयो, महिला सेवा ग्राही कार्यलयमा आउँनु हुन्छ लजाएर बच्चालाई स्तनपान नै गराउन मान्नु हुन्न, बच्चाले स्तनपान गर्न खोजी रहेको हुन्छ तर आमाहरुले स्तनपान गराउन चाहँनु हुन्न, यसै कुरालाई मध्य नजर गर्दै हामीले स्तनपान कक्ष निर्माण गरेका छौ, अब यो समस्या हटने छ,
शिसु सहित आउने महिलाहरुले लज्जाले गर्दा समयमा दुध नचुसाउने भएकाले यसको महत्व राखेर गोप्य स्तनपान कक्षको निर्माण गरेको नगरप्रमुख अधिकारीले बताउनु भयो ।





.jpg)