ट्रेण्डिङ

होमपेज / समाज

अवरुद्ध सल्ली -चौरजहारी सडक दुई हप्तापछि खुल्यो

  इन्द्र बुढाथोकी २०७७ भाद्र १७ गते बुधबार १५:४३:२१ मा प्रकाशित

इन्द्र बुढाथोकी , भदौ  १७, सल्यान 
लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण अवरुद्ध सल्ली चौरजहारी सडक दुई हप्ता पछि सञ्चालनमा आएको छ । 
पटक पटक  खुल्दै अवरुद्ध हुँदै आइरहेको सडक बन्गाड कुपिन्डे नगरपालिका र कुमाख गाउँपालिकाकाे समन्वयमा  दुई हप्ता पछि पुनः सञ्चालनमा आएको छ ।  

भदौ २ गते राती आएको बाढी र पहिरोले सल्ली चौरजहारी सडकखण्डको विभिन्न ठाउँमा बाढीले सडक अवरुद्ध भएको थियो । बनगाड कुपिण्डे नगरपालिका  र कुमाख गाउँपालिका सयुक्त रुपमा आआफ्नो सिमा क्षेत्रमा पर्ने सडकको पहिरोहरु हटाए पछि  बुधबार देखि सडक सञ्लनमा आएको छ । 

बाढीले बगाएको स्थानमा पहिरो स्काभेटर र जेसिबि लगाएर हटाए पछि सडक सञ्चालनमा आएको कुमाख गाउपालिका अध्यक्ष दिलमाया बुढामगरले जानकारी दिइन  । सडक अवरुद्ध हुँदा सल्यानका कुमाख गाउँपालिका, बनगाड कुपिण्डे नगरपालिका, रुकुम पश्चिमका  सवारी साधन तथा पैदल यात्रुहरु समस्यामा परेका थिए । 

उक्त सडक सन्चालन भएको १५ वर्ष बितिसक्दा समेत स्तर वृद्धिको लागि कतै बाट पहल नहुँदा सडक सधै वर्षा भएको समयमा अवरुद्ध हुने गर्दछ । विभिन्न नेताहरूले यस सडकलाई स्तरवृद्धिको लागि आफुँहरुले पहल गर्ने भने पनि अहिले अस्तव्यस्त अवस्था उक्त सडक रहेको छ ।

 विगतमा सडक डिभिजन कार्यालय दाङले हेर्दै आएकोमा अहिले कुन निकायले सडक मर्मत गर्ने भन्ने निश्चित नहुँदा सडक जरजर बन्दै गएको छ  । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top