ट्रेण्डिङ

होमपेज / समाज

सुर्खेतमा अझै पनि प्रतिकिलो १ रुपैयाँ ५० पैसा तिरेर तुइनबाट सामान वारपार

  इन्द्र बुढाथोकी २०७७ भाद्र १३ गते शनिबार १४:०३:४५ मा प्रकाशित

इन्द्र बुढाथोकी भदौ १३, सल्यान  
 सुर्खेतको सिम्ता गाउँपालिका ७  बैसपानीका स्थानीयहरु अहिले पनि तुइनको साहारामा सरसामान वारपार गराउँदै आइरहेका छन । नजिकै झोलुंगे पुल भएपनि सामान वारपार गराउन तुइनबाट सजिलो हुने भएपछि बैसपानीका स्थानीयहरु तुइनको प्रयोग गर्दै आइरहेका छन् ।

सल्यान बनगाड कुपिण्डे नगरपालिका ११ रैकर र सुर्खेत सिम्ता गाउँपालिका ७ बैसपानीमा जोडिएको एक हजार एक सय मिटर लामो तुइनमा मानिस वारपार नगरे पनि सामान भने वारपार हुँदै आइरहेको तुइन सञ्चालक अम्बर खत्रीले बताए । उनले भने मानिस तुइनबाट वारपार गर्दैनन् तर सामान भने वारपार गराउँदै आइरहेको छ ।

रैकरबाट उकालोमा ४० किलोसम्म र ओरोलामा ८० किलोसम्म सामान वारपार गराउन सकिने खत्रीको भनाई छ । सामान वारपार गराए वापत हुने प्रतिकिलो १ रुपैयाँ ५० पैसा लिने गरेका छन् । १ रुपैयाँ ५० पैसा मध्ये ५० पैसा तुइन मर्मतका लागि खातामा जम्मा गरिने र बाँकी एक रुपैयाँ आफ्नो पारिश्रमिक भएको उनले बताए । 

२०६८ भदौमा सन्चालनमा आएको ०६९ मा सम्पन्न भएको थियो ।  तत्कालीन जिल्ला विकास समिति सुर्खेतको ६५ हजार , तत्कालीन काप्रचौर गाविसको २५ हजार सहयोग र  प्रयाक्टिकल एक्सन नेपाल, दलित सेवा संघ सुर्खेत र विश्व खाद्य सस्था सल्यानको सहयोग  र जनताको श्रमदानबाट उक्त तुइन बनेको हो ।

 झोलुंगे पुल भएपनि पुलबाट सामान वारपार गर्न अप्ठेरो भएकाले रुपैयाँ तिरेर भएपनि तुइनबाट सामान वारपार गराउँदै आइरहेको शिक्षक नवीन केसी ले बताए । 
मर्मतको लागि सुर्खेत सिम्ता गाउँपालिकाले ९० हजार सहयोग गरेको उनको बताए ।  समान बोकेकै पैसा बाट तुइन मर्मत गरिने समान बाहेक अरु व्यक्तिहरु झोलुङ्गे पुलबाट जाने केसीको भनाई छ 

प्रतिक्रिया

सम्बन्धित खवर

Top