ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा अबैध हातहतियार मुद्दाका फरार सात प्रतिवादी पक्राउ

  सरिता चलाउने २०७७ भाद्र १२ गते शुक्रबार १६:२७:३२ मा प्रकाशित

भदौ १२, सल्यान 
अबैध हातहतियार खरखजना मुद्दाका फरार सात प्रतिवादीलाई सल्यान प्रहरीले पक्राउ गरेको छ ।  

आज (शुक्रवार) झन्डै एक वर्ष पछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

पक्राउ पर्नेमा कालिमाटी गाउँपालिका ५ का ४५ वर्षीय रोशन वली, २० वर्षका लाल बहादुर गिरी, २७ वर्षको प्रकाश गिरी, ४० वर्षका युवराज गिरी रहेका छन् ।
 यस्तै ३५ वर्षका बेल बहादुर गिरी, ४५ वर्षीय झमन सिह गिरी र ३० वर्षीय दान बहादुर वलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 
२०७६ माघ १५ गते जिल्ला प्रशासन कार्यालय सल्यानले जनही ६ महिना कैद सजाय तोकेको थियो ।

पक्राउ परेका सबैलाई कैद भुक्तानका लागि जिल्ला प्रशासन कार्यालय सल्यानमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सल्यानले प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top