ट्रेण्डिङ

होमपेज / समाज

बाफुखोलाका प्रकोप पिडितलाई दार्माको राहत

  इन्द्र बुढाथोकी २०७७ भाद्र १० गते बुधबार १७:३८:०९ मा प्रकाशित

इन्द्र बुढाथोकी सल्यान, १० भदौ ।

सल्यानको दार्मा गाउँपालिकाले बागचौर नगरपालिका–१२ बाफुखोलाका बाढी पहिरो पीडित परिवारको लागि राहत सामग्री हस्तान्तरण गरेको छ ।

बाफुखोलामा पुगेर गाउँपालिका अध्यक्ष निमबहादुर केसीले चामल, तेल, नुन, कम्बल, साबुन लगायतका सामाग्री हस्तान्तरण गरेका छन्  । छिमेकी स्थानीय तहमा विपत्ति परेको अवस्थामा भाइचाराको सन्देश दिदै गाउँपालिकाले सक्दो सहयोग गरेको अध्यक्ष केसीको भनाई छ ।

उनले भने प्राकृतिक विपत्ति र महाविपत्तिहरू मानव जातिको लागि साझा दुस्मन र गहन सिकाइ हुन् । यिनको कुनै सीमाना, जाति, धर्म, लिङ्ग, वर्ग, पार्टी एवं गुट/उपगुट आदि हुँदैन । यस खालका विपत्तिका घटनाहरूमा माथि उल्लेखित रंग जबरजस्त दल्नु दार्शनिक शून्यता र वैचारिक दरिद्रता एवं राजनीतिक संकीर्णता मात्र हो ।

राहतका नाममा हुनसक्ने लुट/खसोट र राजनीतिकरणलाई रोक्न एकद्वार प्रणालीबाट पीडितलाई राहत वितरणको कानुनी व्यवस्था गरिएको छ । भदौ ३ गते छिमेकी बागचौर नगरपालिकाको वडा नं १२ मा भयानक प्राकृतिक विपत्ति आइलागेकले सहयोग गरेको उनको भनाई छ । 
बाफुखोलामा आएको बाढी पहिरोले ७१ घरपरिवार पूर्ण र आशिंक विस्थापित भएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top