होमपेज / समाज
इन्द्र बुढाथोकी भदौ ३, सल्यान
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको बनगाड खोलाले बगाउँदा एक जना वेपत्ता भएका छन् ।
बाढी आउँदा सल्ली चौरजहारी सडकको नाथेखोलामा काम गर्ने फिल्ड सुपरभाइजर वेपत्ता भएका हुन । वेपत्ता हुनेमा दोलखाका अन्दाजी ३० वर्षीय दिलिप खत्री रहेका छन् ।
रातको समयमा पुलको सामान खोलाले बगाउँन थालेपछि राख्न जाँदा उनलाई बगाएको स्थानीयले बताएका छन् । वेपत्ता खत्रीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । उनीसँग्ै बगेका एक जना भने बाँच्न सफल भएका छन् ।
यस्तै बनगाड खोलामा बाढी आउदा सल्लीबजारको गौली बजारका दर्जनौं घर डुवानमा परेका छन् । वडा न ४ गर्चेका प्रसादे बुढाको घर बगाएको छ । २७ वर्ष पछि यतिठुलो खोला आएको स्थानीयको भनाई छ ।





.jpg)