होमपेज / समाज
इन्द्र बुढाथोकी साउन ३२, सल्यान
भेरी नदिमा एक बेवारिसे पुरुषको शव फेला परेको छ ।
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १ अम्रा नजिकै अन्दाजी ४० वर्षीय पुरुषको भेरी नदि किनारमा शव फेला परेको हो ।
आइतबार दिउँसो स्थानीयले नदि किनारमा शव फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।
आइतबार भेरी नदिको बहाव उच्च रहेकाले बगाएर ल्याएको हुनसक्ने स्थानीयले बताएका छन् । घटनास्थलमा प्रहरी पुगेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।





.jpg)