होमपेज / समाज
साउन ३०, सल्यान
रगतको अभावमा जिल्ला अस्पतालमा छटपटाई रहेकी एक महिलाको सेनाका जवानले दिएको रगतले ज्यान जोगिएको छ ।
जिल्ला शारदा नगरपालिका ५ मार्केकी २९ वर्षीया गर्भवति महिला निर्मला रोकायको सबुज गण सल्यानमा कार्यरत अमदार माधव के.सी.ले रगत दिएका हुन ।
घरायसी काम गर्ने क्रममा लडी घाइते भई उच्च रक्तश्राम भई जिल्ला अस्पताल सल्यानमा उपचाररत रोकायलाई एबी पोजेटिभ रगत नभेटिएपछि सेनालाई गुहार्दा सेनाका केसीले एक पाउण्ड रगत दान गरेको सबुज गण सिमखर्क व्यारेकले जनाएको छ ।
जिल्लामा ब्लड बैंक नहुँदा अधिकांस सुत्केरी महिलाको ज्यान, स्वास्थ्यकर्मी, सेना र प्रहरीले रगत दिएर बचाउने गरेका छन् । नेपाली सेना र प्रहरीले रगत अत्याधिक मात्रामा दिने गरेको जिल्ला अस्पताल सल्यानले जनाएको छ ।





.jpg)