होमपेज / समाज
इन्द्र बुढाथोकी सल्यान २६ साउन
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको वडा न १ सल्लीबजारमा मंगलबार लाग्ने श्रीकृष्ण जन्मष्टमी मेला यो वर्ष नलाग्ने भएको छ ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागी सरकारले जारी गरेको सूचना अनुसार बनगाड कुपिण्डे नगरपालिकाले एक सूचना जारी गर्दै कोरोना भाइरसले महामारीको रुप लिएको अवस्थालाई मध्य नजर गर्दै संक्रमण रोग निवार अनुसार सामाजिक दुरि कायम गर्नु पर्ने र जमघट भएमा कोरोना रोग संक्रमण बढ्दै जाने भएकोले मेला स्थगित गरिएको प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले जानकारी र्दिए । हरेक वर्ष लाग्दै आएको मेला यो वर्ष कोरोना भाइरसका कारण स्थगित गरिएको उनको भनाई छ ।
मेलामा सल्यान, सुर्खेत र जाजरकोटका मानिसहरु मेला हेर्न आउने गर्दथ्ये । मन्दिरमा बिहानै देखि विभिन्न ठाँउबाट पुजापाठ गर्न आउने मान्छेको घुइँचो हुने गर्दथ्यो । बनगाडमा अहिले मात्र भारत बाट १ सय बढी मानिसहरु आएर क्वारेन्टाइनमा बसेका छन भने पुन ६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।





.jpg)