होमपेज / समाज
सरिता चलाउने साउन २५, सल्यान
सल्यानमा डोजरले बाटो खन्दै गर्दा झरेको ढुङगा लागेर ५ जना घाईते भएका छन ।
जिल्लाको सिद्धकुमाख गाउँपालिका वडा नम्बर २ सालघारीमा डोजरले बाटो खन्दै गर्दा झरेको ढुङगाले लागेर ५ जना घाईते भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।
आईतबार दिउँसो बाटो नजिकै खेतमा लाने कुलो निर्माण गर्दै गरेका पाँचलाई माथिबाट झरेको ढुंगा लागेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ढुंगाले लागेर ३ जना महिला र २ जना पुरुष घाईते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार २ को महिला गम्भिर घाइेते भएको र बाँकी ३ जना सामान्य घाईते भएका छन । गम्भिर घाईते हुनेहरुमा सिद्धकुमाख गाउँपालिका २ सालघारीकी ४५ बर्षिया सिता बस्नेत र १६ बर्षिय ओम कुमारी बोहरा रहेका छन । उनिहरुलाई थप उपचारको लागी नेपालगन्ज रिफर गरिएको प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । उनका अनुसार बाँकी तीन जनाको जिल्ला अस्पताल सल्यानमा उपचार भई रहेको छ ।





.jpg)