ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा मास्क नलगाई हिड्ने १४ सय कारवाहीमा, १ लाख बढी राजस्व संकलन

  सरिता चलाउने २०७७ श्रावण २४ गते शनिबार १७:०५:३२ मा प्रकाशित

सरिता चलाउने साउन २४, सल्यान 
मास्क नलगाई बाहिर हिड्ने १ हजार ४ बढी नागरिकलाई जिल्ला प्रहरी कार्यालय सल्यानले कारवाही गरेको छ ।

  लकडाउन खुलेसँगै मानिसको चहलपहल बढ्न थालेपछि संक्रमणको जोखिम बढ्ने भन्दै प्रशासनले मास्क अनिवार्य गरेको छ । 
मास्क लगाउन गरिएको आग्रहलाई अवेज्ञा गर्ने १ सय ४ सय १ जनालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रशासनले मास्क नलगाई हिड्नेलाई १ सय रुपैयाँ जरिवाना गर्दै आएको छ । 

 गत असार २७ गतेदेखि हालसम्म मास्क नलगाई बाहिर निस्किएकाहरुको जरिवानाबाट १ लाख ४० हजार १ सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । मास्क नलगाई बाहिर निस्किएकालाई कारवाही सहित निःशुल्क मास्क दिने गरेको खतिवडाको भनाई छ  । 

मास्क बिना हिँडडुल गर्नेमाथि संक्रामक रोगग ऐन अनुसार कारवाहही गरिएको उनको भनाई छ । उनले भने ‘मास्क नलगाई बाहिर आउनेलाई तत्काल सचेत बनाउँछौ अटेर गरे कारवाहीमा दायरामा ल्याउँछौं ।’ 

कोरोना भाइरसको जोखिम बढ्दै गएको अवस्थामा आवश्यक साबधानी अपनाउँदै यसको रोकथाम र नियन्त्रणमा सहयोग पु¥याउन अनिवार्य रुपमा मास्क लगाउनु पर्ने व्यवस्था गरिएपनि मास्क नलगाएर हिड्नेलाई कारवाही गरिएको प्रहरीको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top