ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा एकै दिन तीन मृत फेला 

  सरिता चलाउने २०७७ श्रावण १९ गते सोमबार १७:५०:०१ मा प्रकाशित


सरिता चलाउने साउन १९,

सल्यान सल्यानमा एकै दिन ३ जना मृत अवस्थामा फेला परेका छन् । छुटाछुटै घटनामा ३ जना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दार्मा गाउँपालिका वडा नम्बर ४ पुखातका  ५२ वर्षीय यज्ञ बहादुर विक  गाउँ नजिकै मृत अवस्था फेला परेका छन् । आइतबार बेलुका आफन्तको घर बाट घर फर्किँदै गर्दा  पुखात  पारेवारिमा लडेर मृत अवस्थामा फेला परेको प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए ।  

यस्तै कालीमाटी गाउँपालिका ४ घुर चौरका ९ वर्षीय निर्मल भण्डारी सोमबार मृत अवस्थामा फेला परेका छन् । गएको शुक्रवार माछा मार्न शारदा खोलामा बेपत्ता भएका  भण्डारी सोमबार मात्र कालीमाटी गाउँपालिका ५ पैठमा मृत अवस्थामा फेला परेको उनले बताए  । 

शारदा नगरपालिका वडा नम्बर १२ को  जगंलमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।  २४ वर्षीय याम बहादुर रावत शारदा खोलाको झोलुङ्गे पुल नजिकैको जगंलको रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी प्रमुख खतिवडाले बताए । बर्दिया बासगडी ३ शान्तिपुर घर भएका रावत  शारदा नगरपालिका १ पटनेरीमा सानी आमाको घरमा बस्दै आएका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top