होमपेज / समाज
सरिता चलाउने साउन १६, सल्यान
जिल्लाको बनगाड कुपिण्डे नगरपालिकामा बालविवाह गर्ने गराउनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार प्रहरीले बालविवाह गर्ने र गराउने चार जनालाई पक्राउ गरेको हो ।
मंगलबार प्रहरीले बालविवाह भइरहेको खबर पाएपछि बालविवाह गर्ने बनगाड कुपिण्डे नगरपालिकाका अन्दाजी २० वर्षका केटा र बाँके खजुराकी १६ वर्षीया बालिकालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बालविवाह गराउने दुलहाका आमा बुवालाई पनि नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी उमाकान्त जोशीले बताए । नियन्त्रणमा लिइएका सबैलाई जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी कार्यालयको हिरासत तथा निगरानी कक्षमा राखी थप अनुसन्धान भइरहेको जोशीले बताए ।
सोमबार मात्रै कपुरकोट गाउँपालिकामा विवाह भएको छ महिना पछि प्रहरीले दुलहादुलही सहित चार जनालाई पक्राउ गरेको छ ।





.jpg)