ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा बालविवाह गर्ने गराउने चार जना पक्राउ

  सरिता चलाउने २०७७ श्रावण १४ गते बुधबार १६:१७:४९ मा प्रकाशित

सरिता चलाउने साउन १४, सल्यान 
सल्यानमा बालविवाह गर्ने गराउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बालविवाह गरेको अभियोगमा कपुरकोट गाउँपालिका वडा ५ रिमका १७ वर्षीय बालक र बनगाड कुपिण्डे नगरपालिका वडा न १२ की १९ वर्षीया बालिका रहेका छन् । 

यस्तै बालविवाह गराउने कार्यमा संलग्न बालककी आमा केवली रोका र बुवा दयाराम रोकालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

विवाह गराई माइती जाने क्रममा मंगलबार गाडीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । सवारी चेकजाँच गर्ने क्रममा उमेर नपुगी विवाह गरेको शंका मानी सोधपुछ गर्ने क्रममा  उमेर नपुगी विवाह गरेको पाइए पछि उनीहरुलाई पक्राउ गरिएको उनको भनाई छ ।

 पक्राउ परेकाहरु विरुद्ध जिल्ला अदालत सल्यानमा बाल विवाह कसुरमा मुद्धा दर्ता गरी म्याद थप गरे आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top