ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा मास्क नलगाई हिड्ने एक हजार बढी कारवाही

एक लाख राजस्व संकलन

  सरिता चलाउने २०७७ श्रावण १३ गते मंगलबार २०:२२:४९ मा प्रकाशित

सरिता चलाउने साउन १३, सल्यान 
सल्यानमा मास्क नलगाई बाहिर हिड्ने एक हजार बढी नागरिक सल्यान प्रहरीले कारवाही गरेको छ ।

असार २७ गतेदेखि साउन १३ गतेसम्म एक हजार ३९ जना कारवाहीमा परेका छन् । जसबाट एक लाख तीन हजार नौ सय रुपैया राजस्व संकलन भएको  प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार  मंगलबार मात्रै १८० जना कारवाहीमा परेका छन् । आज श्रीनगर बजारमा ३०, कपुरकोट बजारमा १७, खलंगा बजारमा १५, सिमखोली बजार ५०, थारमारे बजार ४, बनगार बजार १४ र  देवस्थल बजारमा ५० जना कारवाहीमा परेका छन् । 

मास्क बिना हिँडडुल गर्नेमाथि संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । मास्क नलगाई बजार आउनेलाई तत्काल सचेत बनाउँछौं अटेर गरे कारवाही समेत गछौं  उनले भने ।’ 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top