ट्रेण्डिङ

होमपेज / समाज

आर्थिक अभाव भएपछि एक बर्षदेखि ओछ्यानमै सल्यानका एक बालक

  इन्द्र बुढाथोकी २०७७ श्रावण ११ गते आइतबार १९:३५:२६ मा प्रकाशित

इन्द्र बुढाथोकी सल्यान, ११ साउन 
 उपचार गर्न आर्थिक अभाव भएपछि सल्यानका एक बालक १ बर्ष देखि ओछ्यानमै थलापरेका छन् ।

बनगाड कुपिण्डे ३ पट्केका १७ बर्षिय झुप बहादुर बुढा आर्थिक अभाव भएपछि लडेर घाइते भएको एक बर्ष सम्म पनि उपचार पाउन सकेका छैनन् ।

 गएको साउन १ गतेका दिन घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते भएका झुपबहादुरको ढाड र दायाँ हात भाँचिएको थियो । तर नेपालगञ्ज लिएर उपचार गरेपनि आर्थिक अभावका कारण थप उपचार गर्न नसकेपछि झुपबाहादुरको जीवन जीवनमरणको दोसाधमा रहेको छ । 

 ओछ्यानमै पल्टिएपछि अहिले हात खुट्टामा घाउ आउन थालेको झुप बहादुरका बुवा प्रेम बहादुर बुढाले बताए । “अलि अलि भएको पैसा पहिले नै सकियो अव उपचार गर्ने पैशा नभएर अस्पताल पु¥याउन सकेको छैन,” प्रेम बहादुरले भने । आर्थिक समस्या भएपछि अहिले ढाडमा समेत घाउ भएको प्रेम वहादुर बुढाले भने । “अहिले त रड राखेको ठाउमा समेत ठुलो घाउ हुन थालेको छ भएको पाँच लाख रुपैया पहिले नै सकियो, छोरालाई बचाउन चहान्छु तर उपचार गर्ने पैशा छैन, आँखाभरी आशु पार्दै प्रेम वहादुरले भने । 
     शौचालय सम्म जान नसक्ने झुपवहादुर भने मान्छे देख्ने वित्तिकै आँखाभरी आशु पार्न थाल्छन् । अहिले शरिरमा भएका घाउहरु मात्रै सन्चो भएपछि बाँच्ने आशा झप वहादुरले मारेका छैनन् ।“कसैले सहयोग गरे त बाँच्थे होला, घरमा पैशा नै छैन यहि ओछ्यानै जिन्दगी जाने भयो ।” झुप वहादुरले भने । 
    एक वर्ष देखि ओछ्यान नछोडेको भएपनि बाच्ने आशा भने अझै मारेका छैनन झुप वहादुरले । सकेजति त बुवाले उपचार गर्नुभयो अव सम्पत्ती नै छैन मलाई बचाउनुस म नयाँ जिन्दगी बाच्न चहान्छु,,” रुदै झुप वहादुले भने ।

    छोराको दिनदिनै अवस्था दयनिय हुदै गएपछि छोरालाई बचाईदिन सवैसाग प्रेम वहादुरले आग्रह गरेका छन् । आफसंग भएको सवै सम्पत्ती नै सकिएकोले सवैले सहयोग गरेमा छोराले नयाँ जिन्दगी पाउने आशा रहेको प्रेम वहादुरको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top