ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भिर घाइते

  सरिता चलाउने २०७७ श्रावण ७ गते बुधबार १८:३३:४६ मा प्रकाशित

सरिता चलाउने साउन ७, सल्यान 
सल्यानमा मोटरसाईकल दुर्घटना हुँदा एक जना गम्भिर घाईते भएका छन ।

श्रीनगरबाट खलंगा आउदैँ गरेको रा ५ प ६८०१ नम्बरको मोटरसाइकल र खलंगा देखी श्रीनगर तर्फ जादैँ गरेको भे १ च १२९९ नम्बरको बोलेरो पिकअप एकआपसमा ठोक्किदा मोटरसाईकल चालक गम्भिर घाईते भएको  जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 घाईते हुनेमा  शारदा नगरपालिका वडा नम्बर १ बस्ने २५ बर्षिय घनश्याम न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए ।  

घाइते मोटरसाइकल चालकलाई सल्यान जिल्ला अस्पतालमा प्राथमिक उपचार पछि  थप उपचारको लागी नेपालगन्ज रिफर गरिएको उनको भनाई छ ।  ठक्कर दिने गाडी र गाडी चालक दुबैलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top