होमपेज / समाज
इन्द्र बुढाथोकी साउन ६, सल्यान
सल्यानमा मंगलबार थप दुई जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र चौरजहारी नगरपालिका पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनामा कोरोना पुष्टि भएको हो ।
बनगाड कुपिण्डे नगरपालिका र कुमाख गाउँपालिकाका एक एक जनामा कोरोना पुष्टि भएको छ । बनगाड कुपिण्डे नगरपालिका वडा न १ का २८ वर्षीय एक पुरुष र कुमाख गाउँपालिका ४ का २१ वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको सामाजिक विकास स्वास्थ्य सेवा महाशाखा सुर्खेतले जनाएको छ ।
आइतबार थपिएका दुई जनासँगै सल्यानमा संक्रमितको संख्या २ सय ३८ पुगेको छ । संक्रमित दुवै जनालाई आइसोलेसनमा ल्याउने तयारी भइरहेको जनाइएको छ ।





.jpg)