होमपेज / समाज
इन्द्र बुढाथोकीसल्यान ५ साउन ।
सुर्खेतको सिम्ता गाउँपालिकामा सुत्केरी आमाहरूलाई उपाध्यक्ष कोसेली वितरण गरिएको छ ।
“जनतासंग सिम्ता गाउँपालिका अन्तर्गत” सुत्केरी भएका आमाहरूलाई कोसेली वितरण गरिएको छ । गाउँपालिका ९ वटै वडाका विभिन्न ठाउँमा गएर ४
सय १६ जना सुत्केरी आमा र बच्चालाई उपाध्यक्ष कोसेली वितरण गरिएको छ । आमा र नवजात शिशुको स्वास्थ्य र पोषणमा सुधार ल्याउने उद्देश्यले कार्यक्रम लागू गरिएको उपाध्यक्ष चन्द्रकला शाहीले बताइन ।
कोरोनाको कारण अगाडि वितरण गरिने भनिएको कोशेली कार्यक्रम अहिले वितरण गरिएको उपाध्यक्ष शाहिले बताइन । आर्थिक वर्ष २०७६/०७७ को वार्षिक ५ लाख बजेट बाट एक वर्ष भित्र सुत्केरी भएका ४ सय १६ जना सुत्केरी आमाहरुलाई प्रती व्यक्ति १ हजार ३ सय रकम बराबरको साबुन, फलफुल, अन्डा र सुत्केरी प्रोत्साहन भता समेत दिएको सिम्तागाउपालिका स्वास्थ्य शाखा सह सयोजक सन्तोष बुढाले बताइन ।





.jpg)