होमपेज / समाज
इन्द्र बुढाथोकी साउन ३, सल्यान
छाडा पशुचौपायले रोप्न तयार भएको धानको व्याड खान थालेपछि सल्यानका किसानहरु खेतमा बास बस्न बाध्य भएका छन् ।
रोप्नका लागि तयार भएको धानको व्याड छाडा पशुचौपायाले खान थालेपछि बनगाड कुपिण्डेका किसानहरु खेतमा बास बस्न बाध्य आइरहेका छन् ।
मानो रोपेर मुरी फलाउने धानको व्याड नै छाडा पुशचौपायाले खान थालेपछि पालो लगाएर बारीमै बास बस्न थालेको बनगाड कुपिण्डे नगरपालिका १ का राजु बुढाले बताए । उनले भने ‘पानी परी राखेकाले खेत चिसो छ तर पनि राती नबसे राति छाडा गाईले खेतमा पसेर व्याड स्वाहा पारी दिन्छन् ।’ वर्षे बाली मात्र नभएर बाह्रै महिना यहाँका किसानले छाडा पशुचौपाय धपाउन चौकीदारी गर्नु पर्ने बाध्यता रहेको उनको भनाई छ ।
छाडा चौपायाका कारण वर्षभरी खाने धानका लागि तयार पारिएको व्याड चौपायाले खानेभएकाले रातभर खेतमा जागराम बस्नु पर्ने बाध्यता रहेको अर्का किसान भोला प्रसाद बस्नेतले बताए । उनले खेतमा त्रिपालमुनी बस्नु परी रहेको छ । खेतमा बसदा सर्पको पनि उत्तिकै डर तर रातभर खेतमा नबसे वर्षभरी भोकै परिने डर छ ।
बनगाड ज्युलाका विभिन्न दश स्थानमा किसानहरु चौपाया धपाउन पालमुनी बास बस्दै आइरहेका छन् । छाडा चौपायाको व्यवस्थापन गर्न सम्बन्धित निकायले आग्रह गर्दा पनि कुनै सुनुवाई नभएको किसानहरुको गुनासो रहेको छ । छाडा पशु चौपायाकै कारण बनगाड क्षेत्रमा सयौं रोपनीमा लगाइएको अन्नबाली नोक्सान हुदै आइरहेको छ ।





.jpg)