होमपेज / समाज
इन्द्र बुढाथोकी सल्यान ३०, असार ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको मुख्य बजारहरुमा सौर्य बत्ती सँगै सिसि क्यामरा जडान गरिएको छ ।
बजार क्षेत्रमा हुन सक्ने सम्भावित जोखिमलाई कम गर्न सौर्य बत्ती सँगै सिसि क्यामरा जडान गरिएको नगरपालिकाले जनाएको छ ।
गोपाल निर्माण सेवाले १० लाखमा सम्झौता गरेर नगरपालिकाका मुख्य बजारमा शौर्य बति संगै सिसि क्यामरा जडान गरेको छ । नगरपालिका मुख्य व्यापारिक केन्द्र सल्लीवजारमा ६ वटा, देबस्थलमा २ वटा र बालुवासंग्रहीमा २ वटा जडान गरिएको प्रमुख प्रशासकिय अधिकृत मोहन खड्काले जानकारी दिए ।
रातको समयमा वजार क्षेत्रमा हुनसक्ने सम्भावित घटनालाई रोकथाम गर्न यसले मद्दत मिल्ने मेयर गोविन्द कुमार पुनको भनाई छ । ‘नगरको मुकाम रहको सल्लीवजार, देबस्थल र बालुवासंग्रहीमा सौर्य बत्तीसँगै सिसि क्यामरा जडान गरेका छौँ, यसले सम्भावित घटनालाई रोक्न मदद्द मिल्ने हाम्रो बिश्वास छ’–उनले भने ।





.jpg)