होमपेज / समाज
सरिता चलाउने असार २८, सल्यान
सल्यानमा मास्क नलगाई बाहिर निस्किने ६७ जनालाई प्रहरीले कारबाही गरेको छ । शनिवार जिल्लाबाट विभिन्न स्थानबाट ६७ जनालाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
मास्क बिना हिँडडुल गर्नेमाथि संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए ।
खतिवडाका अनुसार शनिवार श्रीनगर बजारबाट ३४, थारमारे बजारबाट १२, लुहाम बजारबाट १६ र कपुरकोट बजारबाट ४ जनालाई कारबाही गरिएको छ । उनले भने यहाँ पीहिले नै कडा थियो गृह मन्त्रालयले परिपत्र गरे पछि थप निगरानी बढाएको छौँ ।
प्रहरीलाई चेकपोस्ट सहित बजारमा गस्तीको क्रममा समेत मास्क र भौतिक दुरीलाई थप निगरानी राख्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए । मास्क नलाई बजार आउनेलाई तत्काल सचेत बनाउँछौँ अटेर गरे कारबाही समेत गछौं उनले भने ।
बैङ्क तथा वित्तीय संस्था सहित अन्य सरकारी, निजी तथा गैरसरकारी सङ्घसंस्थाले समेत भौतिक दुरीलाई कायम गर्नुपर्ने मास्क नलगाई आवतजावत नगर्न समेत अनुरोध गरेको छ ।





.jpg)