होमपेज / समाज
असार २७, सल्यान
सल्यानमा सुरक्षित आप्रवासन परियोजना सामी कार्यक्रम संचालन गरिएको छ ।
जिल्लाका ४ स्थानीय तहहरुकमा यो कार्यक्रम लागु गरिएको हो । डेभलपमेन्ट सोसाईटि र शारदा नगरपालिकाको सहकार्यक्रम तथा अन्य ३ स्थानीय तहको सहकार्यमा यो कार्यक्रम संचालन गरिएको जिल्ला कार्यक्रम संयोजक बिमल गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो कार्यक्रम शारदा नगरपालिका, बनगाड कुपिण्डे नगरपालिका, छत्रेश्वरी गाउँपालिका र बागचौर नगरपालिकामा संचालन भएको छ । यो परियोजनाले बैदेशिक रोजगार सुरक्षित आप्रवासन संम्बन्धि काम गर्ने उहाँले बताउनु भयो । आज जिल्लाको सदरमुकाम खलंगामा पत्रकारहरु सँग अन्र्तक्रिया कार्यक्रमको आयोजना गरि यसको जानकारी गराईएको हो ।
सुरक्षित आप्रवासन परियोजना सामी कार्यक्रम अध्यक्ष दिपेन्द्र प्रकाश डिसिको अध्यक्षतामा भएको कार्यक्रममा परियोजनाले गर्ने कामका बारेमा जानकारी गराईएको थियो । यो परियोजनाले बैदेशिक रोजगारमा जानेहरुका लागि निशुल्क सुचना, परामर्श, निशुल्क सिप तालिम, मनोसामाजिक परामर्श लगायतका काम गर्ने छ ।





.jpg)