होमपेज / समाज
इन्द्र बुढाथोकी असार २४, सल्यान
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा न २ मा बाढीले लाहाघाट सिँचाइ कुलो र खानेपानीको पाइप बगाएको छ । सोमबार राती आएको भीषण वर्षा र बाढी पहिरोले लाहाघाट सिचाइ कुलो र खानेपानीको पाइप बगाइ दिएको हो ।
२०४४ सालमा बनाएको २० मिटर लामो आरसिसी कुलो बाढी पहिराले पुरिदिनुका साथै ठाउँ ठाँमामा कुलो छेदबिच्छेद बनाएको छ । उक्त कुलो पहिरोले बगाउदा १ सय १० घरधुरीको १४ सय रोपनी खेत बाझो रहेन सिँचाइ कुलो समितिका अध्यक्ष ओठे रानाले जानकारी दिए ।
अध्यक्ष रानाका अनुसार २०४४ सालमा बनाएको कुलो अहिले सम्म केही पनि भएको थिएन अहिले एक्कासि ठूलो पानी सङ्गै पहिरो आउदा कुलोको लागि बनाएको पुल भाँचिदिदा खेत बाझो रहने उनले बताए । बाढीले खानेपानीको पाइप समेत बगाउँदा खानेपानीको समेत समस्या भएको छ । सडक समेत अबरुद्ध भएको छ । खेत रोप्नका लागि तयार परिएको विउ व्याड सुक्ने चिन्ता बढेको स्थानीय जीवन राना बताए ।
गाउँ नै भोकमरी पर्ने हुन सक्ने भन्दै त्यसको लागि आफुले सक्दो पहल गर्ने बनगाड कुपिण्डे नगरपालिका २ न वडा अध्यक्ष प्रतिमल बुढाले बताए । अब तत्काललै सम्बन्धि सरोकार निकायलाई पहल गर्दिन स्थानीयले सबैमा अनुरोध गरेका छन ।





.jpg)