ट्रेण्डिङ

होमपेज / समाज

बनगाड कुपिण्डे नगरपालिकामा इन्सेकद्धारा स्वास्थ्य सामाग्री सहयोग

  इन्द्र बुढाथोकी २०७७ असार २३ गते मंगलबार २१:१६:३८ मा प्रकाशित

इन्द्र बुढाथोकी असार २३, सल्यान ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशद्धारा सल्यानको बनगाड कुपिण्डे नगरपालिकालाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।
कोरोनाबाट सबै भन्दा बढी प्रभावित जिल्लाको  नगरपालिकालार्ई एक सय पीस सेनिटाइजर, एक हजार पीस सर्जिकल मास्क र १० बक्स लुज ग्लोब हस्तान्तरण गरिएको इन्सेक कर्णाली प्रदेश प्रमुख नारायण सुवेदीले जानकारी दिए।

स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै प्रदेश संयोजक सुवेदीले कोरोनाको जोखिमपूर्ण अवस्थामा नागरिकको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै स्थानीय तहले गरिरहेको प्रयासमा थप सहयोग पुगोस भनेर यी स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइएको बताए।

मंगलबार नगरपालिका प्रमुख गोविन्द कुमार पुन र उप प्रमुख मन्जु यरीलाई स्वास्थ्य सामाग्री उपलब्ध गराइएको हो । स्वास्थ्य सामाग्री बुझ्दै नगर प्रमुख गोविन्द कुमार पुनले विपद्को  घडीमा पालिकालाई सहयोग गर्ने इन्सेकलाइ धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top