होमपेज / समाज
इन्द्र बुढाथोकी असार २२, सल्यान
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका १ सल्लीबजारमा ८ हजार ५ सय बिरुवा बृक्षारोपण गरिएको छ ।
आज एक कार्यक्रमका बीच नगर उप प्रमुख मन्जु यरिले वृक्षारोपण गरेर सुरु गरेकी छन् । वृक्षारोपण कार्यक्रममा बोल्दै नगर उप प्रमुख यरिले नगरपालिकाको खाली जङ्गलहरुमा वृक्षारोपण गरिने बताइन । विभिन्न संघ संस्थाको सहयोग र नगरपालिकाले समन्वय गरेर वृक्षारोपण गरिएको उनको भनाई छ ।
वृक्षारोपण गर्दा वातावरण राम्रो जताततै हरियाली हुने बस्तीहरु सुन्दर हुने र बाढिपहिरो, भूक्षय हुन बाट समेत बच्ने उनको भनाइ रहेको छ । वृक्षारोपणमा सवुज गण सल्लीबजारका सेनानी बिक्रम राई, १ न वडा अध्यक्ष शान्त कुमार यरि लगाएत नेपाली सेना स्थानीयको उपस्थिति रहेको थियो ।
सबुज गण सल्लीबजार बसेको डाँडामा ७ हेक्टर जमिनमा पुरै वृक्षारोपण गरिने भएको छ । वृक्षारोपणमा प्रस्थिती प्रणालिमा आधारित अनुकूलन आयोजना इबिए २ ले को आर्थिक सहयोगमा १३ लाख ४४ हजारका ८ हजार ५ सय बिरुवा र भिरालो ठाउमा ४९ थान जाली लगाइने इन्जिनियर महेश देवकोटाले जानकारी दिए । सिसौ, खैर, इपिलिपी, आँप,धुपी सल्ला, साल, लगाएत २० २५ जातको बिरुवा लगाइने उपभोक्ता समिति सचीव दिपक सुनारले बताए। नेपाली सेना र स्थानीयले उक्त विरुवाहरु रोप्ने बताएको छ ।





.jpg)