होमपेज / समाज
इन्द्र बुढाथोकी २२, सल्यान
सुर्खेत गुर्भाकोटको बोटेचौर देखि सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको वडा न १२ को चौरसम्म सडक पुगेको छ ।
सडक जोडिए सङ्र्गै निगाल्चुलाका स्थानीय खुसी भएका छन । सडक जोडिए सङ्गै प्रदेश राजधानी जोडिएको छ भने आवतजावतमा सहज भएको १२ न वडा अध्यक्ष गोविन्द डाङ्गिले बताए । केही समस्या भएको ठाउमा बनगाड कुपिण्डे नगरपालिकाले थप सहजीकरण गरेर स्तर वृद्धिको काम गर्ने नगर प्रमुख गोविन्द कुमार पुनले बताए ।
सडक संजाल जोडिए सङ्गै त्यहा उत्पादन भएका टिमुर, स्याउ आलु घरमा नै गाडी आएर लिने गरेको स्थानीय नरबहादुर पुनको भनाई छ । कर्णाली प्रदेश सरकारले यस वर्षको बजेटमा १४ किलोमीटर सडकमा निर्माण व्यवसायी तिलक केसीले बताए।





.jpg)