ट्रेण्डिङ

होमपेज / समाज

बनगाडमा प्रधानमन्त्री र मुख्यमन्त्री रोजगारमा ८६० जनाले रोजगारी पाए

  इन्द्र बुढाथोकी २०७७ असार १९ गते शुक्रबार १३:४५:५३ मा प्रकाशित

इन्द्र बुढाथोकी असार १९, सल्यान 
सल्यानका युवाहरु प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रमबाट रोजगार बन्दै जान थालेका छन् । कोभिड १९ का कारण बेरोजगार बनेका युवाहरु प्रधानमन्त्री र मुख्यमन्त्री कार्यक्रम सञ्चालन भएसँगै रोजगार बनेका हुन । 

स्थानीय तहको समन्वयमा सञ्चालित यस कार्यक्रमले बेरोजगार र कोरोनाका कारण थप मारमा परेकालाई रोजगारी सिर्जना गरेको छ । कार्यक्रमले कोरोनाले रोजगार गुमेकालाई राहत मिलेको स्थानीयले बताएका छन ।  बनगाड कुपिण्डे नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममा  ७२ लाख बजेट आएको र त्यसमा नगरपालिका १२ वटै वडाका ५ सय नागरिकले  रोजगारी पाएको बनगाड कुपिण्डे नगरपालिका रोजगार सयोजक भिम पुनले बताए  । 
सडक, सिँचाइ, विद्यालयको फिल्ड  निर्माण जस्ता कामहरू गरेको उनले बताए । 

यस्तै मुख्यमन्त्री रोजगार कार्यक्रममा ६४ लाख बजेट आएको र त्यसमा ३ सय ६० जनाले रोजगार पाएको र जिल्ला भित्रका पालिकाहरु बाट सिधै प्रदेश राजधानी जोड्ने नाथेखोला राउछे छापाडाडा सडकमा काम गरेको रोजगार सयोजक पुनले बताए । 
 उनले भने लामो समयमो बन्दाबन्दीका कारण रोजगारी गुमेका  युवाहरुका लागि मुख्यमन्त्री रोजगार कार्यक्रम निकै प्रभावकारी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top