होमपेज / समाज
इन्द्र बुढाथोकी असार १८ सिम्ता
सुर्खेतको सिम्ता गाउँपालिका वडा न ७ चिउरीबगरमा पहिलो पटक बिजुली बत्ती बलेको छ ।
गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले आज एक कार्यक्रमका बीच बिजुली बत्तीको उद्घाटन गरेका छन् । सिम्ता उज्यालो कार्यक्रम अन्तर्गत बिजुली बत्ती बालेर चिउरी बगरको गाउलाइर्ए उज्यालो गाउँ घोषणा समेत गरिएको छ ।
बति बले सङ्गै ३५ घरधुरीका १७५ जनसंख्या भएको बस्ती अध्यारो बाट उज्यालोमा परिणत भएको छ। बत्ती बले संगै गाउँका सबै नागरिकहरूले खुसी व्यक्त गर्नुका साथै आफ्नो दिनचर्या पनि परिवर्तन हुने विश्वास समेत लिएका छन । अबको १५ महिना भित्र गाउँपालिका भित्रका सबै टोलहरुमा बति पुग्ने अध्यक्ष केसीको भनाई छ । ।





.jpg)