होमपेज / समाज
इन्द्र बुढाथोकी असार १८ सल्यान ।
सुर्खेतको सिम्ता गाउँपालिका तत्काललाई कोरोना मुक्त भएको छ । कोरोना संक्रमित भएका ५ जनालाई सन्चो भएर घर फर्किए पछि अब सिम्ता गाउँपालिका तत्काल कोरोना मुक्त भएको अध्यक्ष कविन्द्र कुमार केसीले बताए । बागेश्वरी माध्यमिक विद्यालय राकमको आइसोलेसनमा रहेका ३ जना कोरोना लाई जितेर घर फर्केका छन। यस अघि २ जना पनि कोरोना जितेर घर फर्किएका थिए ।
सिम्तामा विध्यालयहरुमा रहेका ४८ वटा क्वारेन्टाइनमा भारत लगाएत अन्य मुलुक बाट आएका २ हजार ७ सय ३९ जना व्यक्ति नियम अनुसार १४ दिन क्वारेन्टाइन मा बसि उनिहरूको आरडिटी परिक्षण गरि संकास्पद देखिएका ५ सय ५१ जनाको पिसीआर परिक्षण गरिएको थियो जस मध्ये ५ जना मात्र कोरोना पुष्टि भएका थिए उनिहरू पनि सन्चो भएर घर फर्केका छन। हाल क्वारेन्टाइनमा ६१ जनामात्र बसिरहेका छन
अब सिम्तामा कोरानाको जोखिम कम भएको र सबैलाई सुरक्षित हुन गाउपालिकाले आग्रह समेत गरेको छ।





.jpg)