ट्रेण्डिङ

होमपेज / समाज

सल्यानका कैदीबन्दीहरुको कारागार भित्रै नाराबाजी

  सरिता चलाउने २०७७ असार १७ गते बुधबार २१:५८:४७ मा प्रकाशित

सरिता चलाउने असार १७,सल्यान 
जिल्ला कारागार सल्यानका कैदीबन्दीहरुले कारागार भित्रै आन्दोलन गरेका छन ।

कारागार सल्यान बाट ५ जना कैदीबन्दीहरुलाई तुलसीपुर कारागार सरुवा गर्न लागेको विषयमा विरोधमा कैदी बन्दीहरुले नाराबाजी गरेका हुन । 
यस्तैै कैदीबन्दीहरुले खरिद गर्न लगाएको सामाग्रीको मुल्य महँगो भएको, कारागारको नाइकेले अभद्र व्यवहार गर्ने गरेको लगायतका समस्या  उठान गरी कैदीबन्दीहरुले नाराबाजी गरेको कारागार सल्यानले जनाएको छ । 
कैदीबन्दीहरुले राखेका मागहरुको छानबिन गर्न सहयाक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा तीन सदस्सीय   छानविन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलेलले बताए । 

छानबिन समितिले घटनाको बारेमा प्रतिवेदन तयार पारेर १५ दिन भित्र प्रशासन कार्यालयमा पेश गर्ने र त्यसपछि अवस्थाअनुसारको आवश्यक प्रकृया अगाडी बढाउने उनले बताए ।कारागारकाप्रमुख जेलर बल बहादुर केसीले शान्ती सुरक्षाको सवाल भएका कारण अहिले सरुवाको प्रकृया अगाडी बढाएको समयमा जान नचाहने समुहले आन्दोलन गरेको प्रतिकृया दिए ।

उनले कारागारमा क्षमता भन्दा बढी कैदीभएका कारण जघन्य अपराधको सजाय भोगी रहेकाहरु मध्ये ५जनालाई तुलसीपुर सरुवा गर्न भनेर कारागार व्यवस्थापन समितिसंग अनुमती माग्ने प्रकृया चली रहँदा कैदीले एक्कासी आन्दोलन  थालेको बताए ।
हाल जिल्ला कारागार सल्यानमा १ सय १३ जना रहेका छन । ति मध्ये ९३ जना पुरुष, १७जना महिला र ३ नाबालक रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top