होमपेज / समाज
इन्द्र बुढाथोकी असार १७ सल्यान ।
सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न ३ मा लिफ्ट खानेपानीको शिलान्यास गरिएको छ ।
आज एक कार्यक्रमका बीच नगर प्रमुख गोविन्द कुमार पुनले शिलान्यास गरेका छन । नगरपालिका डाँडाकाडाँका बस्तीहरुमा विस्तार विकासले गति लिन लागेको र नगरका गौरवको योजनाहरु अघि बढी रहेको उनले बताए । अब नगरपालिका डाँडाहरुको बस्तिहरुमा विस्तारै खानेपानीको समस्या हटने नगर प्रमुख पुनले बताए ।
मुलाखोला, खेतगारा, किमटाकुरा, मेलटाकुरा, खानिगाँउ, बरापोखराका समुदायलाई लक्षित लिफ्ट खानेपानी योजना सञ्चालन गरिएको छ । ३ करोड ७७ लाख लागत अनुमान गरिएको उक्त खानेपानी जि यु पि कन्स्ट्रक्सन काठमाडौले ३ करोड ५४ लाखमा काम गर्ने गरि सम्झौता गरेको छ । एक वर्षमा सम्पन्न गर्ने गरि आयोजना गरिएको लिफ्ट खानेपानी ६ महिनामा सम्पन्न गरि सक्न्ने लक्ष्य लिएको निर्माण व्यवसायी विश्व जोशिले जानकारी दिएका छन । गुणस्तरीय काम गर्ने र त्यसो नभएमा उपभोक्ता आफैले त्यसमा खबरदारी गर्ने समेत निर्माण व्यवसायी जोशिले बताए ।
संघ सरकारको ५० लाख, प्रदेश सरकारको ५५ लाख, नगरपालिकाको ५० लाख र आर्थिक वर्ष २०७७ ०७८ सालको नगरपालिकाबाट २ करोड २० लाख गरि जम्मा ३ करोड ७७ लाखमा संघ, प्रदेश र स्थानीय सरकारको सहकार्यमा योजना निर्माण गरिने इन्जिनियर महेश देवकोटाले बताएका छन । १ सय ७६ घरधुरी रहेकोमा १ हजार १ सय जनसंख्या र विद्यालय लाभान्वित हुने बताएको छ ।
वर्षौं देखि खानेपानी समस्या भौग्दै आएका स्थानीय बासी अब खानेपानी बन्ने भए पछि खुसी भएका छन । ६९ किलोवाटको सोलार सिस्टमबाट ४ सय २ मिटर लामो दुरिको लिफ्ट खानेपानी ४ वटा ट्याङ्की हुने बताएको छ ।





.jpg)