ट्रेण्डिङ

होमपेज / राजनीति

कर्णालीका मुख्यमन्त्रीले फिर्ता गरे सुरक्षामा खटिएका प्रहरी

  सल्यान खबर डेस्क २०७७ जेठ ११ गते आइतबार १३:१३:३० मा प्रकाशित

११ जेठ, काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरेका छन् ।

स्कटिङ गर्ने गाडीसहित सुरक्षामा खटिएका ८ जना प्रहरीहरु मुख्यमन्त्री कार्यालयले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पठाएका हुन् । कोरोना महामारी रोकथामका लागि सहयोग होस् भनेर सुरक्षामा खटिएका प्रहरी फिर्ता गरेको मुख्यमन्त्री शाहीले अनलाइन खबरलाई बताए । मुख्यमन्त्री शाहीले भने, ‘बाहिर सुरक्षाकर्मीको अभाव छ । क्वारेन्टाइन स्थलमा दुईजना प्रहरीले सुरक्षा दिइरहेका छन् । त्यसैले केही सजिलो होला भनेर फिर्ता गरेको हुँ ।’

मुख्यमन्त्रीको सुरक्षामा एक/एकजना सई, असई, हवल्दार र चारजना सिपाही गरी ७ जना प्रहरी र एकजना ड्राइभर खटिएका थिए ।मुख्यमन्त्रीले फिर्ता गरेका प्रहरीले शनिबारदेखि नै जिल्ला प्रहरी कार्यालयमा डियुटी सुरु गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top