होमपेज / राजनीति
जेठ १, सल्यान
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेशमा सडक संरचना पुगेपछि खाद्यन्नमा झनै परनिर्भर भएको बताएका छन् । कर्णालीलाई पुरानै अवस्थामा फर्काउन सबै युवाहरुको साथ प्रदेश सरकारले खोजिरहेको बताएका छन् ।
बिहिबार श्रम दिवसको अवसरमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको खाद्य सुरक्षाका लागि उत्पादन विशेष अभियानको शुभारम्भ कार्यक्रमलार्य सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले नेपालकै सबैभन्दा बढि खाद्य असुरक्षा हुने प्रदेशको रुपमा कर्णाली प्रदेश रहेको बताउदै उनले यो अवस्थाबाट माथि उठ्न कर्णालीको जमिन बाँझो नराख्न आग्रह गरे । उनले भने ‘कर्णालीमा उत्पादन गर्नको लागि समूह बनाएर युवाहरु आउनुस हामी जमिनको व्यवस्था गछौं । मल र विउ उपलब्ध गराउछौं बजारीकरणको पनि समन्वय गरिदिन्छौं ।’
कर्णाली उत्पादनका लागि उर्वर भूमि भएको बताउदै डाँडापाखमा स्याउ, सुन्तला रोप्न र अन्नबाली उत्पादन हुने स्थानमा अन्नबाली रोप्न सबैलाई आग्रह गरे ।
कर्णालीमा २३ हजार ४ सय २० मेट्रिक्टन खाद्यन्न अपुग
भूमि व्यवस्था तथा सहकारी मन्त्री विमला केसीले कर्णालीका लागि तीन लाख ५० हजार ९ सय ९८ मेट्रिकटन खाद्यन्न आवश्यक पर्नेमा तीन लाख २७ हजार ५ सय ७८ मेट्रिक्टन मात्रै उत्पादन भइरहेको बताइन । उनका अनुसार कर्णालीमा हाल २३ हजार ४ सय २० मे.टन खाद्यन्न अपुग रहेको छ ।
कोरोना संक्रमणका कारण उत्पादन बढाउन नसके स्थिति भयावह हुने बताउदै मन्त्री केसीले स्थानीय तहसँग मिलेर निजि जमिन तथा सरकारी जमिनमा सरकारले नै खेती लगाउने गरी अभियान सुरु गरेको बताइन ।
प्रदेशमा दुई लाख ९९ हजार ३ सय ३९ हेक्टर खेतियोग्य जमिन रहेकोमा २८ प्रतिशत जमिन बाँझो रहेको छ । जग्गा बाँझो रहन नदिन जमिन बाँझो नराखौं सक्नेलाई खेतिगर्न दिउँ भन्ने नाराका साथ अभियान सञ्चालन गरिएको मन्त्री केसीको भनाई छ ।





.jpg)