होमपेज / राजनीति
वैशाख १५, सल्यान
सल्यानका अन्तर जिल्ला तथा विदेशबाट आउका एक हजार एक सय ८७ क्वारेनटाइनमा बसी रहेका छन् । लकडाउनको अवधिमा बाहिरबाट आएकालाई अनिवार्य क्वारेनटाइनमा राख्न स्थानीय प्रशासनले निर्देशन गरे अनुसरा सबै स्थानीय तहले क्वारेनटाइनमा राखेका छन् ।
जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार लकडाउन अघि र पछिको समयमा जिल्लामा आउनेमा बढीजसो मजदुर रहेका छन् । इँटा, उद्योग पुर्वाधारका योजना र राजधानीमा काम गर्नेहरु लामो समय लकडाउन भएपछि उता बस्न असजिलो भएपछि घर फर्किएका हुन ।
क्वारेनटाइनमा सबैभन्दा धेरै कपुरकोट गाउँपालिकामा बसी रहेका छन् । कपुरकोट गाउँपालिकामा मात्र ८ सय ४९ जना बसी रहेको गाउँपालिकाले जनाएको छ । उनीहरुलाई विद्यालय तथा सामुदायिक वनका भवनमा राखिएको छ ।
सय ८५ जना पुरुष, र २ सय ६४ महिला रहेका छने । ती मध्ये ५५ जना बालबालिका र ४ जना गर्भवति समेत रहेको कपुरकोट कोभिड १९ फोकल पर्सन देवेन्द्र कुमार सेन बताए ।
त्रिवेणी गाउँपालिकामा २५, छत्रेश्वरी गाउँपालिकामा २ सय ३, कुमाख गाउँपालिकामा ४, कालिमाटी गाउँपालिका ४ शारदा नगरपालिकामा ९ जना र सिद्ध कुमाख गाउँपालिकामा ३६ जना बसी रहेका छन् । उनीहरुको नियमित स्वास्थ्य परीक्षण तथा निगरानी भईरहेको स्थानीय तहहरुले बताएका छन् ।
विभिन्न जिल्लामा मजदुरीका लागि पुगेका नागरिकहरुको उद्दार गर्दै क्वारेनटाइनमा राख्दै गरि रहेको छत्रेश्वरी गाउँपालिका अध्यक्ष शन्तोष केसीले बताए । अलपत्र परेकाहरुलाई उद्दार गरी क्वारेनटाइनमा राखिएको उनको भनाई छ ।
भारत लगायतका अन्तरजिल्लाबाट आएका व्यक्ति सयौं भएपनि थोरैमात्र क्वारेनटाइनमा बसी रहेका छन् । क्वारेनटाइनमा बस्न आग्रह गरिए पनि नआएपछि होम क्वारेनटाइनमा सुरक्षित ढंगले बस्न आग्रह गरिएको बागचौर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत बहादुर बस्नेतले बताए । बागचौरमा मात्र झन्डै ५ हजार बढी आएको तथ्यांक रहेको छ ।





.jpg)