ट्रेण्डिङ

होमपेज / राजनीति

कर्णाली प्रदेशमा विकासका गतिविधि अघि बढ्ने

  सल्यान खबर डेस्क २०७७ बैशाख ११ गते बिहीबार १९:५८:३३ मा प्रकाशित

वैशाख ११, सल्यान  
 कर्णाली प्रदेशमा विकासे आयोजना सञ्चालन गर्ने भएको छ । बिहिबार कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको वैठ्कले सुरक्षाको प्रत्याभुति गरी नियमित गर्न सकिने विकास निमार्णका कार्य अघि बढाउने निर्णय गरेको हो । 


वैठ्कले नियमित रुपमा सञ्चालन गर्न सकिने विकास योजनाको आवश्यक पर्ने मेशिन, औजार, उपकरण तथा श्रमिकको व्यवस्थापनका लागि आवश्यक समन्वय र सहजीकरण प्रदेश सरकारले गरी विकास योजना सुचारु गर्ने गराउने निर्णय भएको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताए ।

यस्तै कर्णाली प्रदेश भित्रका सबै कार्यालयहरु सञ्चालन हुने भएका छन् । कर्मचारीलाई आवश्यक सुरक्षा मिलाई कार्यालयमा उपस्थित गराउने मन्त्री ज्वालाले बताए । 
मौसमी खेतीपातीका लागि आवश्यक पर्ने विउ, मल, औषधी, माछाको भूरा, चल्ला तथा अन्य आवश्यक औजारको व्यवस्थापनको लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुरक्षा निकायसँग समन्वय गरी आवश्यक समन्वय गर्ने निर्णय गरेको छ ।


 यस्तै जिल्ला र पालिकाबाट बाहिर पुग्ने व्यक्तिलाई क्वारेनटाइन, होम क्वारेनटाइन र सेल्फ क्वारेनटाइनमा रहने गरी सुरक्षाको प्रत्याभूतिका लागि जिल्ला र पालिकाले व्यवस्था गर्ने निर्णय गरेको मन्त्री ज्वालाको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top