ट्रेण्डिङ

होमपेज / राजनीति

कर्णाली प्रदेशसभाको पाँचौं हिउँदे अधिवेशन अन्त्य 

  सल्यान खबर डेस्क २०७७ बैशाख ५ गते शुक्रबार १८:१५:०१ मा प्रकाशित

वैशाख ५, २०७७, सल्यान 

कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी अर्थात लकडाउन जारी रहेपछि कर्णाली प्रदेशसभाको पाँचौं हिउँदे अधिवेशन अन्त्य गरिएको छ । 
प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नेपालको संविधानको धारा एक सय ८३ को उपधारा दुइ बमोजिम आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको हो । प्रदेशसभा बैठक फागुन २७ गतेदेखि बस्न सकेको थिएन ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्यको घोषणा गर्नुभएको हो । कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ २४ गतेदेखि शुरु भएको थियो । विधेयक अधिवेशनका रुपमा लिइने यस अधिवेशनमा ६ वटा बैठक सम्पन्न भएका छन् ।

प्रदेशसभा सचिवालयका अनुसार विभिन्न समितिमा विचाराधीन आठ वटा विधेयक चालू अधिवेशनबाट पारित हुने सम्भावना थियो । तर कोभिड १९ बाट सिर्जित समस्याका कारण यस अवधिमा एउटा पनि विधेयक पारित हुन नसकेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top