होमपेज / राजनीति
वैशाख २, सल्यान
कर्णाली प्रदेशमा दुध र दुग्धजन्य पदार्थ, तरकारी, फलफूल र पशुजन्य उत्पादन भित्र्याउन रोक लगाएको छ । मंगलबार कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको वैठ्कले यस्तो निर्णय गरेको हो ।
अर्को प्रदेशबाट कर्णाली प्रदेशमा भित्रिने दुध र दुग्धजन्य पदाथ, तरकारी, फलफूल र पशुजन्य उत्पादन अर्को व्यवस्था नभएसम्मका लागि रोक लगाउने निर्णय गरेको सामाजिक विकास मन्त्रि दल रावलले बताए । वैठ्कले छिमेकी प्रदेश र जिल्लाबाट मानिस भित्रिने कपुरकोट, कालिमाटी, बबई, पञ्चपुरी, कुइे र चौकुने नाकामा थप सुरक्षा प्रवबन्ध गर्न सशस्त्र प्रहरी परिचलालन गर्ने निर्णय समेत गरेको उनको भनाई छ ।
लकडाउनको समयमा दैनिक ज्याला मजदुरी गर्ने व्यक्ति तथा परिवार र अन्य जिल्लाबाट अध्ययनको लागि आएका विद्यार्थीहरु पहिचान गरी राहत वितरण गर्ने, गाउँघरमा मौसमी बाली भित्र्याउने तथा बाली लगाउने समय भएकाले खेताला तथा श्रमिक प्रयोग नगरी बाली भित्र्याउन तथा बाली लगाउने कार्य गर्न आग्रह गरेको छ ।
भारत लगायत तेस्रो मुलुकबाट प्रदेशमा भित्रिएका मानिसहरुको पहिचान गरी निगरानी गर्ने,, ल्याव टेष्ट गर्ने र नयाँ आउने व्यक्तिलाई तोकिएको अवधिभर अनिवार्य रुपमा क्वारेनटाइनमा राख्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।





.jpg)