ट्रेण्डिङ

होमपेज / राजनीति

एक वर्षको तलब दिने नारायणकाजीको घोषणा

  सल्यान खबर डेस्क २०७७ बैशाख १ गते सोमबार १३:०९:०७ मा प्रकाशित

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता तथा राष्ट्रिय सभा सांसद नारायणकाजी श्रेष्ठले एक वर्षको पारिश्रमिकमध्ये २ महिनाको कोरोनाविरुद्धको सरकारी राहत कोष र १० महिनाको विपन्न वर्गलाई दिने घोषणा गरेका छन् । 


नेता श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै ‘हामी अहिले कोभिड–१९ र उत्पन्न संकटको सामना गरिरहेका छौं। यसबेला एकतावद्ध भई आआफ्नो ठाउँबाट भूमिका खेल्नु जरुरी छ ।’ उनले अगाडि भनेका छन्, ‘यस स्थितिमा मैले राष्ट्रियसभा सदस्यको एक बर्षको पारिश्रमिक मध्ये २ महिनाको कोभिड १९ कोष र बाँकी विपन्न वर्ग केन्द्रीत आर्थिक राहात प्याकेजका लागि दिने घोषणा गर्दछु’ भनेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top