होमपेज / राजनीति
सल्यानको विकास र समृद्धिको लागि प्रतिवद्व छौँ : रास्वपा सल्यान
चैत २४,सल्यान
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सल्यानले जिल्लाको समग्र विकास र समृद्धिका लागि आफूहरू दृढ रूपमा प्रतिबद्ध रहेको जनाएको छ। मंगलबार जिल्लामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सुशासन कायम गर्दै अमन–चयन सुदृढ बनाउने र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।
कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका महामन्त्री ललित कुमार चन्दले सल्यानमा दीगो र समावेशी विकासका लागि पारदर्शी, उत्तरदायी र जनमुखी शासन प्रणाली अपरिहार्य रहेको औंल्याउनु भयो । उहाँले विगतमा देखिएका अनियमितता, ढिलासुस्ती, बजेट दुरुपयोग तथा योजनाको प्रभावकारी कार्यान्वयन नहुनुले जिल्लाको विकास अपेक्षाअनुसार अघि बढ्न नसकेको बताउनु भयो । अब त्यस्ता कमजोरीलाई सुधार गर्दै परिणाममुखी विकासको अभ्यास गरिने उनीहरूको भनाइ थियो।
उहाँले भन्नु भयो स्थानीय तहदेखि जिल्लास्तरसम्म सुशासन प्रवर्द्धन गर्दै जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गरिनेछ। विकासका योजनाहरू तर्जुमा गर्दा स्थानीय आवश्यकताका आधारमा प्राथमिकता निर्धारण गरिने र कार्यान्वयनमा पारदर्शिता अपनाइने छ।
सल्यानको विकासका लागि राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र र स्थानीय समुदायबीच सहकार्य आवश्यक रहेको धारणा राखेका थिए। उनीहरूले पारदर्शिता र जवाफदेहिता कायम भएमा मात्रै जनतामा विश्वास बढ्ने र विकासले गति लिने बताए।
त्यसैगरी, पार्टीले भ्रष्टाचार नियन्त्रणलाई आफ्नो प्रमुख एजेन्डा बनाएको स्पष्ट पारेको छ। सार्वजनिक स्रोत–साधनको दुरुपयोग रोक्दै जिम्मेवार निकायलाई थप उत्तरदायी बनाउने र कानुनी दायराभित्र रहेर कडा कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी सल्यानले आगामी दिनमा जनताको अपेक्षा अनुरूप काम गर्दै समृद्ध, सुशासित र भ्रष्टाचारमुक्त सल्यान निर्माण गर्ने लक्ष्य लिएको पनि जनाएको छ। साथै, जनविश्वासलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम अघि बढाइने र विकासका कामलाई प्रभावकारी र दिगो बनाइने प्रतिबद्धता व्यक्त गरिएको छ।





.jpg)